images
images

फ्रन्टलाइनरलाई आजदेखि बुस्टर डोज दिईने

  • २ माघ २०७८, आईतवार ०१:००

काठमाडौं । सरकारले आजदेखि फ्रन्टलाइनरलाई कोभिड विरुद्धको खोपको बुस्टर डोज दिने भएको छ ।

कोभिड रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरहरुलाई आजदेखि बुस्टर डोज दिइने भएको हो । ९ लाख ४९ हजार ८ सय ८७ जना फ्रन्टलाइनरलाई कोभिड विरुद्धको बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई सो खोप हाल सञ्चालित र थपिने खोप केन्द्रहरुबाट नै दिइने छ । फ्रन्टलाइनर अन्तर्गत बुस्टर मात्रा खोप पाउनेहरुमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सबै कर्मचारी रहेका छन् ।

यस्तै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी सहित सबै सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरुले समेत थप मात्रा खोप पाउनेछन् । सरकारले माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुका लागि समेत बुस्टर डोज खोप लगाउने तयारी गरेको छ ।