images
images

खाडी मुलुक जान्छु भनि हिँडेका थिए, रुसी सेनामा ज्यान गएको खबर आयो

  • २ माघ २०८०, मंगलवार १३:३३

रुसी सेनामा भर्ती भई मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवकको मृत्यु भएसँगै मृत्यु हुने नेपालीको संख्या १२ पुगेको हो । लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष साजन गुरुङको रुस युक्रेन युद्धमा मृत्यु भएको हो । साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौको पहिलो साता विदेश गएका थिए । उनका बुबा श्रीमान गुरुङका अनुसार साजन खाडी मुलकमा जान्छु भनी घरबाट हिँडेका थिए । उनी रुस गएको कुरा गत असोजमा मात्रै थाहा भएको परिवारजनले बताएका छन् । रुसमा रहदाँ केही दिनसम्म कुराकानी भएको र केही दिनपछि १५–२० दिनसम्म बेपत्ता भएका उनको हाल युक्रेनको आक्रमणमा परी मृत्यु भएको खबर आएको परिवारजनले बताएका छन् । साजनको मृत्यु भएको कुरा रुसी सेनामा नै भर्ती भएका उनका साथीहरुमार्फत जानकारी आएको बताइएको छ ।

यसअघि दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङजाका पितम कार्की, इलामका गंगाराज मोक्तान, प्युठानका सोनु सुनारलगायत ११ जनाको मृत्यु भइसकेको छ ।