images
images

नेपाल मामिलामा अमेरिका–चीन आमनेसामने, फेरि उठ्यो एमसीसीको सवाल

  • ३२ असार २०७९, शनिबार १२:४४

काठमाडौं । पछिल्लो समय नेपालमा एक न एक राजनितिक घटना क्रमले मुलुक तातिने गरेको छ । नेपाली राजनितिमा नयाँ–नयाँ घटनाले चर्चा पाइरहेका बेला एमसीसीको सवाल पनि पुनः सुरु भएको छ ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा घरेलु राजनीतिक दल विभाजित भइरहँदा विश्वका प्रमुख शक्ति राष्ट्रहरु अमेरिका र चीन नेपाल मामिलामा खुला रुपमा प्रतिक्रियात्मक भएर आएका छन् । नेपालमा पास भएको एमसीसीको विषयलाई चीन र अमेरिकाले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आइरहेका छन् ।

यसैक्रममा नेपालमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्टको विषयमा पुनः बहस सुरु भएको छ । नेपालका लागि प्रस्तावित अमेरिकी राजदुत डिन थम्पसनको चीनको बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा पुनः बहस सुरु भएको हो । एमसीसीको बाहानामा नेपालमा अमेरिका र चीनले एका अर्कावीच टिकाटिप्पणी गर्दै आएका छन् । पछिल्लो पटक नेपालकालागि प्रस्तावित अमेरिकी राजदूत थम्पसनले एमसीसीसीसँग जोडेर चीनको भूमिका प्रति विवादास्पद अभिव्यक्ति दिएका थिए ।

अमेरिकी सिनेटको अन्तराष्ट्रिय समितीमा विहिवार बोल्दै उनले चीनले फैलाएको अफवाह अभियानको सामना गर्दै ५ सय मिलियन डलरको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई नेपालको संसदले अनुमोदन गरेको बताएका थिए । थम्पसनले एमसीसी अन्तर्गत नेपालको जलविद्युतलाई दक्षिण एसियाको उर्जा ग्रिडसँग जोड्न प्रशारण लाइन, उच्च गुणस्तरका सडकहरु निर्माण गर्ने र यसले दुवै मुलुकको समृद्धिमा सहयोग पुग्ने धारणा राखेका थिए ।

नेपाल र नेपालीको अपमान गरिएको चीनको आरोप

चीनले भने यसलाई द्धढतापुर्वक अस्वीकार गरेको छ । चीनले नेपालका लागि प्रस्तावित अमेरिकी राजदुत डिन थम्पसनको अभिव्यक्ति प्रति आपत्ति जनाएको हो । काठमाडौंस्थित चिनियाँ राजदुतावासले शुक्रवार एक विज्ञप्ति जारी गरी एसीसीसँग जोडेर चीनको भुमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको खण्डन गरेको हो । चिनियाँ दूतावासका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने चीनको नीति नरहेको उल्लेख छ । जारी विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र नगरी नेपाल र नेपाली जनताको अपमान समेत गरेको उल्लेख छ ।

चीनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तराष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नु पर्ने, सम्वन्धित देशको सार्वभौमिकता र जनताको इच्छाको पूर्ण सम्मान गर्नु पर्ने र कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने पक्षमा’ चीन रहेको उल्लेख छ । चीनले नेपाल मित्रवत निकट छिमेकी रहेको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्ररुपमा आफ्नै विकासको वाटो रोज्न सहयोग गर्ने उल्लेख पनि गरेको छ । यसअघि लगातारको विरोधका वीच पनि एमसीसी संसदवाट पारित भएको थियो ।