images
images

इजरायली आक्रमणमा ५७ जना प्यालेस्टाइनी पत्रकारको ज्यान गयो

  • ३० मंसिर २०८०, शनिबार ११:४४

इजरायली आक्रमणमा परी ५७ जना प्यालेस्टाइनी पत्रकारको मृत्यु भएको छ ।

अक्टोबर ७ देखि हालसम्मको अवधिमा आक्रमणमा परी ५७ जनाको मृत्यु भएको हो । पछिल्लो पटक भएको आक्रमणमा अल जजीरा टेलिभिजनका पत्रकारको मृत्यु भएको छ । इजरायलले गाजामा गरिरहेको क्र्रुर हमलामा परी उनको मृत्यु भएको हो । गाजा शहरको खान युनिसस्थित एक स्कुलमा इजरायली हमलाको बारेमा रिर्पोटिङ गरिरहेका बेला इजरायली सेनाले अल जजीराका क्यामेरामेन समर अबु दक्काको हत्या गरेको हो ।

सो आक्रमणमा परी एक जना संवाददाता पनि घाईते भएका छन् । रिपोर्टिङकै क्रममा उनीहरुमाथि ड्रोनबाट हमला भएको थियो । पछिल्लो समय गाजा क्षेत्रमा इजरायली हमालामा परी १८ हजार बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।