images
images

प्रदेश २ को नाम मधेश, राजधानी जनकपुर हुने

  • ३ माघ २०७८, सोमबार ११:५९

काठमाडौं । प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर भएको छ ।

प्रदेशभामा आज भएको मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाइएको हो । प्रदेशसभाको दोस्रो बैठकबाट २ तिहाई मतले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गरिएको हो । प्रदेशसभामा १ सय ३ जना सदस्यमध्ये उपस्थित ९९ सांसद ८० जनाले पक्षमा मतदान गरेका थिए भने ३४ जनाले विपक्षमा मतदान गरेका थिए । दुई तिहाई बहुमतले प्रदेशको नाम पारित भएपछि अब प्रदेश २ को नाम मधेस हुने भएको हो । यसअघि आज नै प्रदेशसभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए । योसँगै करिब ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।