images
images

हतियारसहित सर्वाेच्चबाट पक्राउ परेका प्रसाईंका दुई बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

  • ६ चैत्र २०८०, मंगलवार १९:१०

काठमाडौं । सर्वाेच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

हतियारसहित हिजो पक्राउ परेका प्रसाईंका दुई बडीगार्ड दीपक खड्का र राजकुमार धिमाललाई आज सर्वाेच्चले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित उनीहरु हिजो सर्वाेच्च परिसरबाट पक्राउ परेका थिए । हिजो सर्वाेच्चमा प्रसाईंसँग सम्बन्धित मुद्दा चलिरहेको बेला परिसरभित्र उनीहरु हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई सिंहदरबार बृत्तमा राखेर मुद्दा अघि बढाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।