images
images

अब्देल तेस्रो कार्यकालका लागि इजिप्टको राष्ट्रपति निर्वाचित

  • ३ पुष २०८०, मंगलवार ०९:४८

इजिप्टको राष्ट्रपतिमा अब्देल–फताह अल–सिसी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय निर्वाचन प्राधिकरण (एनईए) ले हिजो उहाँलाई राष्ट्रपति चुनावमा विजयी घोषणा गरेको हो । सन् २०१४ र २०१८ मा दुवै निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि सिसीले लगातार तेस्रो कार्यकाल विजयी प्राप्त गर्नुभएको हो । इजिप्टमा डिसेम्बर १० देखि १२ मा मतदान भएको हो । विदेशमा रहेका इजिप्टका नागरिकले डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म १२१ देशका १३७ दूतावास र वाणिज्य दूतावासहरूबाट मतदान गरेका थिए । निर्वाचनमा करिव ६ करोड ७० लाख मतदातामध्ये स्वदेश तथा विदेशमा रहेका करिब ४ करोड ४८ लाख नागरिकले मतदान गरेको र ६६ दशमलव ८ प्रतिशत मतदान भएको जानकारी दिनुभयो ।

रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने हाजेम ओमारले ४ दशमलव ५ प्रतिशत मत प्राप्त गर्दा इजिप्टियन सोसल डेमोक्र्याटिक पार्टीका फरीद जहरान र इजिप्सियन वाफड पार्टीका अब्देल–सनद यामामाले ४ दशमलव ५ प्रतिशत मत हासिल गर्नुभएको थियो ।