images
images

४४ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचिसहित)

  • ७ माघ २०८०, आईतवार १६:१९

काठमाडौं । ४४ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएको थियो ।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् । यस्तै, जेष्ठता र कार्यसम्पादन मूल्यांङकनको आधारमा नेपाल प्रशासन सेवाकै लेखा समूहतर्फका १० जना शाखा अधिकृत पनि सोही समूहतर्फ उपसचिवमा बढुवा भएका छन् । बढुवाका लागि ६३ जना शाखा अधिकृतले आवेदन दिएका थिए । तर, ती मध्ये ५७ जना मात्रै उम्मेदवार बन्न योग्य भएका थिए ।

लेखा समूहतर्फ शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेको पहिलो नम्बरमा हिमलाल अधिकारी र १० औँ नम्बरमा मनोजकुमार जोशी रहेका छन् ।