images
images

रुसी सेनामा भर्ना भएका रसुवाका ३२ वर्षीय युवकको मृत्यु

  • ८ माघ २०८०, सोमबार १६:२८

रुसी सेनामा भर्ना भएका रसुवाका ३२ वर्षीय युवकको मृत्यु भएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका–५ का सुन्दर मोक्तानको रुस युक्रेनको युद्धमा परी मृत्यु भएको हो । उनी गत भदौमा रुसी सेनामा भर्ती भएका थिए । सुन्दरको मृत्यु भएको खबर उनीसँगै रुसी सेनामा भर्ती भएका साथीहरुले परिवारजनमा पठाएका हुन् । गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेका अनुसार सुन्दरको मृत्यु भएको खबर गत पुस १२ गते परिवारकोमा आइपुगेपनि परिवारले भने उनको मृत्यु भएको स्वीकारेका थिएनन् । सुन्दरको मृत्युको थप कुनै खबर पनि आएको थिएन् । तर केही दिनअघि मात्र रुसबाट मृत्यु भएको फोटोहरु आएपछि परिवारजनले पनि उनको मृत्यु भएको स्वीकारेका छन् । रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सुन्दर पूर्व नेपाली आर्मी रहेका थिए ।

यो सँगै रुसी सेनामा भर्ती भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीको देवान राई, स्याङजाका पितम कार्की, इलामका गंगाराज मोक्तान, प्युठानका सोनु सुनार र लमजुङका साजन गुरुङ लगायत १३ जनाको मृत्यु भएको थियो ।