images
images

गौरीशंकर गाउँपालिका स्थानीय रैथाने बालीको संरक्षणमा जुट्दै

  • ११ फाल्गुन २०८०, शुक्रबार १६:५७

दोलखा । दोलखाले गौरीशंकर गाउँपालिकाले स्थानीय रैथानै बाली प्रबद्र्धनका लागि अभियान नै चलाईरहेको छ ।

परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रबद्र्धन एबम् संरक्षण गर्न पालिकाले पहल गरेको हो । पालिकाले वडाहरुमा यसको मुख्य क्षेत्र घोषणा गरी रैथाने बाली विकास प्रबद्र्धन संरक्षण कार्यक्रम थालेको हो । पोषणको दृष्टिले निकै महत्वपूर्ण मानिएका रैथाने बाली खैरो सिमी, पहेँलो सीमि, कोदो, फापर, सेती मकै, लट्टेको दाना लगायत स्थानीय रैथाने बालीको बिउ उत्पादन तथा बिक्रिका लागि पालिकामा बीउ बैँकको समेत स्थापना गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले लोपोन्मुख अवस्थाको रैथाने बाली प्रबद्र्धनका लागि पालिकाले सचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । धान र गहुँको तुलनामा रैथानी बालीमा प्रोटिन र फलाम तत्व बढी हुने भएकाले पालिकाले कृषकलाई यसतर्फ आकर्षित गर्न बजारीकरणमा समेत सहयोग गरेको उहाँको भनाई छ । पालिकाको वडा नम्बर १ जुँगु स्थित हिमचुली बहुउद्धेश्यीय सहकारी संस्थामार्फत् बीउ बैँक स्थापना गरेर रैथाने बाली बजारीकरणमा सहयोग गर्दै आएको छ ।

सचेतनामुलक कार्यक्रम

गौरीशंकर गाउँपालिकाले पालिकाको पालिकाका वडाहरुमा उत्पादन गरिएको स्थानीय रैथाने बाली आफै प्याकेजिङ गरेर बाह्य बजारमा बिक्रिका लागि समेत सघाउने गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष पालिकाको वडा नम्बर १ जुँगु र वडा नम्बर ५ सुरीमा रैथाने बालीको संरक्षणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको थियो । चालु वर्ष पनि वडाहरु छनौट गरी रैथाले बाली प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिने कृषि शाखा प्रमुख ओलीले बताउनुभयो ।
रैथाने बाली रोपेपछि त्यति रेखदेख गर्न नपर्ने भएकाले सजिलो हुने र कम लागतका जुनसुकै हावापानीमा कम लागतमा पनि उत्पादन भएकाले पालिकाले यसतर्फ कृषकलाई जोड दिँदै आएको कृषि शाखा प्रमुख ओलीको भनाई छ ।

बजेटको व्यवस्था

पालिकाकाको वडा नम्बर १ र २ मा खैरो सिमी, पहेँलो सिमी र वडा नम्बर ५ मा लोपोन्मुख पुरानो जातको सेती मकै हुने गर्दछ भन्ने १, २ र ३, ४ नम्बर वडामा औषधीको साथै स्वास्थ्यका दृष्टिले निकै फाईदाजनक हुने लट्टे पाईन्छ । अन्य वडामा फापर, कोदो, धानको लोपोन्मुख जात लगाएतका रैथाने बाली उत्पादन हुने गर्दछ ।
चालु वर्ष पालिकाले रैथाने बाली प्रबद्र्धनका लागि ५ लाख बजेट छुट्याएको छ । लोप हुन लागेको बीउलाई बीउ बैँकका सुरक्षितसँग राखिएको छ । सो बिउलाई नयाँ उत्पादन गरी त्यसको प्रबद्र्धन गर्ने काम पनि बीउ बैँकले गर्दछ ।