images
images

दोलखामा १ हजार टन बढी किवि उत्पादन, उचित बजारमुल्य नपाउँदा किसान चिन्तित

दोलखा । दोलखाका किसानहरुले यो वर्ष किवि उत्पादन घटेको र उचित बजारमुल्य पाउन नसकेको गुनासो गरेका छन् ।

जिल्लामा यो वर्ष किवि उत्पादनमा १५ प्रतिशतले गिरावट आएको छ भने किविफल प्रतिकिलो १ सय ५० देखि २ सय ५० रुपैँयासम्ममा विक्रि हुने गरेको छ । हिउँदमा सिंचाई नभएको, नयाँ पालुवा कम पलाएको, मलजल कम भएको तथा उच्च पहाडमा असिनाले क्षति पु¥याएका कारण किविफल उत्पादनमा कमी आएको हो । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत वर्ष दोलखामा ११ सय ५० मेट्रिकटन किविफल उत्पादन भएको थियो । तर, यो वर्ष १ हजार मेट्रिकटन मात्रै किविफल उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष किविफल उत्पादनमा १५ प्रतिशतले कमी आएको हो ।

उत्पादन घटेका बेला बजारमुल्य समेत राम्रो पाउन नसकेको किसानहरुले बताएका छन् । दोलखाको भीमेश्वर नगरपालिका–६ का श्यामकृष्ण थापाले ५० रोपनी जग्गामा किविखेती गर्नुभएको छ । गत वर्ष २२ टन किवि उत्पादन भएको बर्गैँचामा यो वर्ष १४ टन किवि मात्रै उत्पादन भएको छ । यो वर्ष किविको करिव आधा उत्पादन घटेको र उत्पादन भएका किविफलले पनि बजार भाउ पाउन नसकेको थापाले बताउनुभयो । बजारमा किविफल किन्ने उपभोक्ता नभएको र बजारीकरणमा समस्या हुँदा किवि किसानहरु चिन्तित भएको उहाँले बताउनुभयो । किवि किसानहरुलाई स्थानीय सरकारले समेत सहयोग नगरेको गुनासो छ ।

दोलखाका किसानहरुले यो वर्ष किवि उत्पादन घटेको र उचित बजारमुल्य पाउन नसकेको गुनासो गरेका छन् ।जिल्लामा यो वर्ष किवि उत्पादनमा १५ प्रतिशतले गिरावट आएको छ भने किविफल प्रतिकिलो १ सय ५० देखि २ सय ५० रुपैँयासम्ममा विक्रि हुने गरेको छ । हिउँदमा सिंचाई नभएको, नयाँ पालुवा कम पलाएको, मलजल कम भएको तथा उच्च पहाडमा असिनाले क्षति पु¥याएका कारण किविफल उत्पादनमा कमी आएको हो । यो वर्ष १ हजार मेट्रिकटन मात्रै किविफल उत्पादन छ ।

यस्तै, जिरी नगरपालिका–७ का ओलक बहादुर जिरेलले ३० रोपनी जग्गामा किविफल लगाउनुभएको छ । बगानबाट यो वर्ष ८ टन किविफल उत्पादन भएपनि बजार भाउ नहुँदा प्रतिकिलो १ सय ८० रुपैँयामा विक्रि गर्नुपरेको जिरेलले गुनासो गर्नुभयो । नपाकेको किविफल असोज महिनादेखि नै बजारमा ल्याएका कारण दोलखाको किवि अमिलो छ भन्ने सन्देश गएको र त्यसले बजारीकरणमा समस्या पारेको जिरेलले बताउनुभयो । शैलुङ गाउँपालिका–७ का अन्जनी बुढाथोकीले पनि किविफलले यो वर्ष बजार भाउ पाउन नसकेको बताउनुभयो । २५ रोपनी जग्गामा किवीफल खेती गरिएको र उत्पादन राम्रै भएपनि प्रतिकिलो १ सय ५० रुपैँयामा बेच्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

दोलखामा उत्पादन भएको किविफलको बजारीकरण नहुँदा किसानहरु सस्तो मुल्यमा विक्रि गर्न बाध्य छन् । जिललामा उत्पादन भएको किवि स्थानीय बजार र संघीय राजधानी काठमाडौंसम्म लैजाने गरिएको छ । किविफल एकै पटक पाक्ने र सवै क्षेत्रबाट बजारमा आउने भएका कारण किसानले उचित मुल्य पाउन नसकेका हुन् । जिल्लामा उत्पादन भएको किवि सित भन्डारमा स्टोर गर्ने र किविफलमा आधारित उद्योग स्थापना गर्नुपर्ने किसानहरुको माग छ ।

कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मिन बहादुर पुनले किविफल खुद्रा तथा होलसेल मुल्यमा लैजाने सरकारको निति नभएका कारण आफुहरुले पनि यसको व्यवस्थापन गर्न नसकेको बताउनुभयो । दोलखाको ५ सय हेक्टर क्षेत्रफलमा किवीखेती गरिएको छ । त्यसमध्ये प्रतिहेक्टर ७ दशलमव १४ मेट्रिटन किविफल उत्पादन हुने गरेकोमा यो वर्ष प्रतिहेक्टर ६ दशलमव २ मेट्रिकटन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । किविफल एक वर्ष धेरै फलेमा अर्को वर्ष कम फल्ने गर्दछ । जसका कारण यो वर्ष जिल्लामा उत्पादन घटेको कृषि विज्ञहरुले बताएका छन् । दोलखाका प्राय सबै स्थानीय तहमा किवि खेती सुरु गरिएको छ ।