
हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।
आज भएको निर्वाचनमा पुडासैनी ६ हजार ६२२ मतभारसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् । दोलखा घर भई एमालेको बागमती प्रदेश समिति सदस्य रहेकी चौंलागाईलार्ई एमालेले महिला कोटावाट उम्मेदवार बनाएको थियो ।