images
images

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्धारा आत्मसमर्पण

  • ८ भाद्र २०८०, शुक्रबार ०८:४५

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका हुन् । सन् २०२० को निर्वाचनमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि पूर्वराष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् । जेलमा हाजिर भएका उनलाई २ लाख डलरको जमानतमा रिहा भएका छन् । जेलबाट ट्रम्पको आधिकारिक तस्वीर मगशट जारी गरिएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक हो । उनले अदालत तथा संघीय अधिकारी सामु आत्ममर्पण गरेको यो चौथो पटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसपर्मण गरेका थिए । पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरु राजनीतिक रुपमा प्रेरित भएको दाबी गरेका छन् ।