images
images

इजरायल र हमासबीच चारदिने युद्धविराम लागु, बन्धक बनाएका २४ जना रिहा

  • ९ मंसिर २०८०, शनिबार ०६:३७

इजरायल र हमासबीच चारदिने युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै हमासले २४ जना बन्धकलाई रिहा गरेको छ ।

हमासले १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिकलाई रिहाई गरेको हो । इजरायल–हमास युद्धविराम सम्झौताको कार्यान्वयन सुरु भएसँगै गाजापट्टीमा इजरायलले एक सातादेखि चलाइरहेको सैन्य कारबाही अस्थायी रुपमा रोकिएको छ । सैन्य कारवाही रोकिएसँगै दुवै पक्षले बन्दीहरुको रिहाई सुरु गरेका छन् । इजरायलले ३९ जना प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।

सम्झौता अनुसार हमासले गर्ने प्रत्येक एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी इजरायली पक्षबाट रिहा हुनेछन् । अक्टोबर ७ मा हमासले इजरायलमा घातक हमाला गरेपछि इजरायली सेनाले गाजापट्टीमा आकाश, जमिन र समुन्द्रबाट निरन्तर हमला गरिरहेको छ ।