images
images

रुसी सेनामा भर्ना भएका एक सय नेपाली घाइते र सम्पर्कविहिन !

  • १० पुष २०८०, मंगलवार १५:११

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा सय जना नेपाली घाईते र हराईरहेको उजुरी आएको बताउनुभएको छ ।

मन्त्री साउदले करिब दुई सयजना नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको जानकारी आएको भन्दै तीमध्ये सय जना हराएको र घाईते भएको बताउनुभयो । उहाँले हराएका र घाईते भएका नेपालीबारे उनीहरुका परिवार र साथीभाईले उजुरी गरेको जानकारी दिनुभयो । रासससँग कुराकानी गर्दै मन्त्री साउदले रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र ७ जना मारिएको सूचना रुसी सरकारले पष्टि गरेको र ती वाहेक सयजना हाराहारीमा हराइरहेको र घाइते भएकाको उजुरी मन्त्रालयको आएको बताउनुभयो ।

मन्त्री साउदले रुसी सेनामा नेपाली भर्ना गरेको बिषय नतथा भर्ना भएर हराइरहेका र घाइते भएका भनिएका नेपालीहरुको खोजविनकालागि नेपालस्थित रुसका राजदूतलाइ मन्त्रालयमा बोलाएर चासो राखेको जानकारी दिनुभयो । उहाँका अनुसार यस बिषयमा मस्कोस्थिगत नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाभई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरिएको छ ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुको संख्या यकिन हुन सकेको छैन । करिव दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिषामा रुस गएका नपाली युवा रुसी सेनामा भर्ना भएको अनुमान छ । रुसी सेनामा भर्ना भएकामध्ये सात जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ भने चार जनना युक्रेनी सेनाको हिरासतमा रहेका छन् । मन्त्री साउदले युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फर्काउने प्रयास भइरहेको र उद्धारकालागि संवाद भइरहेको जानकारी पनि दिनुभयो ।

मन्त्री साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) को प्रबन्ध गरेको बताउनुभयो ।