images
images

चीनमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

  • १३ चैत्र २०७८, आईतवार ०८:५२

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको पुष्टि भएको छ ।

हिजो चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १ सय ३२ जनाको मृत्यु भएको पुष्टि भएको हो । १ सय २३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७ सय ३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।

चिनियाँ अधिकारीहरुले २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेपछि सबैको मृत्यु भएको आशंका गरिएको गरेका थिए । तर, चीनको राज्य सरकारले हिजो मात्र सबैको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो ।