images
images

इजरायललाई जासुसी गरेको आरोपमा ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला

  • १० कार्तिक २०८०, शुक्रबार ०८:३३

इजरायललाई जासुसी गरेको आरोपमा ८ जना भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ८ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । उनीहरु कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत रहेका थिए । उनीहरु भारतीय सेनामा रहँदा धेरै युद्धको कमाण्ड गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कतार सरकारले यस मुद्धाबारे सार्वजनिक जानकारी दिएको छैन ।

यसैगरी, सरकारले हमासले बन्धक बनाएको इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ । यस्तै, गाजा क्षेत्रमा अत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ ।