images
images

हङकङमा रोजगारी, तालिम र अध्ययनका लागि खुल्यो भिसा

  • १० कार्तिक २०८०, शुक्रबार ०८:५१

हङकङमा रोजगारी, तालिम र अध्ययनका लागि भिसा खुलेको छ ।

हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको हो । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जान लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभाहरुका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गर्नुभएको थियो । सोही क्रममा प्रमुख कार्यकारी लीले नेपाल र लाओसका नेपाली प्रतिभाहरुलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरुमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने बताउनुभएको छ । यस्तै भियतनामबाट आउने प्रतिभाहरुका लागि भिसाको मापदण्डमा छुट दिइने भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अब नेपाली इन्जिनियर, मेडिकल डाक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरुले हङकङमा सहजै रोजगार भिसा पाउने भएका छन् । साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि हङकङको भिसा पाउने भएका हुन् । सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो ।