images
images

बागमती प्रदेश सरकारमा हानेपाको इन्ट्री, शैलेन्द्रमानले लिए मन्त्रीको सपथ

  • १५ चैत्र २०८०, बिहीबार १८:५२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ ।

सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी गराएर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीपरिषद विस्तार गर्नुभएको हो । सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् । सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेका छन् । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए ।