images
images

सुँगुरमा देखिने स्वाइन फ्लु मानिसमा देखियो, अनुसन्धान गर्दै विज्ञहरु

  • १२ मंसिर २०८०, मंगलवार ११:२७

बेलायतमा पहिलो पटक मानिसमा स्वाइन फ्लु पुष्टि भएको छ ।

सुँगुरमा देखिने भाईरस स्वाइन फ्लु बेलायतका एक व्यक्तिमा पुष्टि भएको हो । मानिसमा स्वाइन फ्लु देखिएको यो पहिलो घटना हो । सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका एक व्यक्तिमा स्वाइन फ्लु पुष्टि भएको अधिकारीहरुले बताएका छन् ।

मानिसमा कसरी स्वाइन फ्लु देखियो भन्ने विषयमा बेलायतका स्वास्थ्य अधिकारीहरुले अध्ययन गरिरहेका छन् । यो भाइरसले सुँगुरलाई मात्रै संक्रमित बनाउने भएपनि मानिसमा यो स्ट्रेन कसरी स¥यो भन्ने विषय अज्ञात छ ।