images
images

कोरियामा पानी जहाज कम्पनीमा कामदारका लागि भाषा परीक्षाको आवेदन खुल्यो

  • १४ श्रावण २०८०, आईतवार ०८:२५

काठमाडौं । दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि आवेदन फारम खुलेको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो । इच्छुक नेपाली कामदारले आगामी साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ । सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । ईपीएस प्रणालीमार्फत् दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सिप परीक्षण दुवैमा पास हुनुपर्छ । ईपीएस कोरिया शाखाले आज सूचना निकालेर पानी जहाज कम्पनीको लागि भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ । भाषा परीक्षाबाट करिब दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ ।