images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई जेल सजाय

  • १७ माघ २०८०, बुधबार १६:५२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

आमचुनवाको बेलैमा पूर्वप्रधानमन्त्री खानलाई एकपछि अर्काे मुद्दा गर्दै लामो समयका लागि जेल सजाय सुनाइएको हो । आजको फैसलाले पूर्वप्रधानमन्त्री खान दम्पत्तिलाई आगामी १० वर्षसम्म कुनैपनि सार्वजनिक पदमा बस्न अयोग्य रहेको समेत फैसला गरिएको छ । सजाय तोकिएसँगै खानकी पत्नी बुशराले पनि आत्मसमर्पण गरेकी छन् । पूर्व प्रधानमन्त्री खानलाई विपक्षी दलले सन् २०२२ मा नै अपदस्थ गरेर प्रधानमन्त्रीबाट हटाएका थिए ।

यसअघि नै उनी भ्रष्टाचारसँग जोडिएको मुद्दामा दोषी ठहर भएर तीन वर्षको सजाय भोगिरहेका छन् ।पाकिस्तानी अदालतले हिजो खानलाई देशको गोप्य सूचना चुहाएको आरोपमा १० वर्ष जेल सजाय भएको थियो । तर, आज पुनः उनलाई भ्रष्टाचारसँग जोडिएको मामिलामा १४ वर्षको जेल सजाय सुनाइएको हो । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध चलाइएका मुद्दा राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन् । खान र उनकी पत्नीविरुद्ध खान प्रधानमन्त्री रहेका बेला मिलेका उपहारलाई निजी फाइदाका लागि बेचेर भ्रष्टाचार गरेको आरोप छ ।