images
images

एकीकृत समाजवादीः यथास्थितिमा बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

  • १८ चैत्र २०८०, आईतवार १५:०३

हेटौँडा । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

प्रदेश संसदीय दलको आज बसेको बैठकले यथास्थितिमा प्रदेश सरकारलार्ई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो । एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले मन्त्रालयमा भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यस्तो निर्णय गरेको बताउनुभयो । बागमतीमा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेसँगै एकीकृत समाजवादीले यथास्थितिमा प्रदेश सरकालाई विश्वासको मत दिन नसकिने बताएको हो । बागमती प्रदेशमा एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।