images
images

आजबाट हिउँदयाम सकिएसँगै प्रिमनसुन सुरु

  • १८ फाल्गुन २०८०, शुक्रबार ०६:५७

काठमाडौं । आजबाट हिउँदयाम सकिएसँगै प्रिमनसुन सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अग्रेजी महिना फेब्रुअरीसँगै हिउँयामको पनि अन्त्य भएको हो । आजदेखि मार्च सुरु भएसँगै नेपालको मौसम पनि प्रिमनसुनमा प्रवेश गरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार डिसेम्बर, जनवरी र फेबु्रअरी ३ महिनालाई हिउँदयाम भनिन्छ । प्रिमनसुनमा बिहान–बिहान मौसम सफा रहने, दिउँसो बादल बन्ने र साँझपख, मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने गर्दछ ।