images
images

दुगड हाइड्रो पावर लिखु–१ को ड्याममा डुबेर एक पुरुषको मृत्यु

  • ११ बैशाख २०८१, मंगलवार १०:४४

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकास्थित निर्माणाधिन दुगड  हाइड्रोवापर लिखु–१ को ड्याममा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

उमाकुण्ड गाउँपालिका–२ राङदहका ६६ वर्षीय कृष्ण बहादुर भुजेलको हाइड्रोवापरको ड्याममा डुबेर मृत्यु भएको हो । आइतबार आफुखसी घरबाट निस्केका उनलाई खोजी गर्ने क्रममा हाइड्रोवापरको ड्याममा मृत भेटिएको रामेछाप प्रहरीले जनाएको छ । शव फेला पर्नुअघि उनको ड्याको छेउमा जुत्ता र कपडा फेला परेको थियो । उनको शवलाई अहिले पोष्मार्टमको लागि दोलखाको जिरीस्थित जिरी अस्पतालमा राखिएको छ ।