images
images

भारतबाट वर्षा गराउने बादल नेपाल प्रवेश गरिरहेकाले सर्तकता अपनाउन महाशाखाको आग्रह

  • १७ चैत्र २०८०, शनिबार ०७:३२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतबाट वर्षा गराउने बादल नेपाल प्रवेश गरिरहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । हाल सुदूरपश्चिम, लुम्बिनी प्रदेशको भूभागहरुमा भारतको उत्तरप्रदेश र उत्तरखण्ड भूभागबाट मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल विकसित भई वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबारदेखि भने मौमस क्रमश सुधार हुने महाशाखाले जनाएको छ । न्यूनचापीय वायुको प्रभाव कमजोर भई भोलीदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको हो ।