images
images

संखुवासभा स्थित माथिल्लो अरुणको विश्व बैँकले वित्तीय व्यवस्थापन गर्ने

  • ७ बैशाख २०८१, शुक्रबार १४:२०

काठमाडौँ । विश्व बैँकले संखुवासभामा निर्माण हुने माथिल्लो अरुण अर्धजलाशययुक्त जलबिद्युत आयोजनामा बित्तीय व्यवस्थापन गर्ने सहमति भएको छ ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैँकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुण जलबिद्युत आयोजनामा वित्तीय व्यवस्थापन गर्ने सहमति भएको हो । विश्व बैँकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे बासिङ्टन डिसीमा भएको छलफलमा १ हजार ६३ मेगावाटको सो आयोजनामा वित्तीय व्यवस्थापन गर्ने विषयमा सहमति जुटेको हो । नेपाल सरकारले सैद्धान्तिक स्वीकृत दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता हुनेछ ।

विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ।