images
images

मोरङमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

  • १८ फाल्गुन २०८०, शुक्रबार ०९:२९

मोरङ । मोरङको बेलबारीमा तीन वटा सवारीसाधन एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा ट्रिपर, बस र बोलेरो ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने र घाईते हुनेको भने पहिचान हुन सकेको छैन । तीव्र गतिको ट्रिपरले बोलेरोलाई ठक्कर दिई बोलेरो उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको बोलेरोलाई पूर्वतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएपछि बोलेरो उछिट्टिएर प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमा ठोक्किँदा उनीहरु गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनीहरुको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने दुई जनाको उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।