images
images

भोजपुरमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु, सचेतना अपनाउन प्रधानमन्त्रीको आग्रह

  • ४ चैत्र २०८०, आईतवार ०६:२३

भोजपुर । भोजपुरमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।

भोजपुरको हतुवागढी–७ पिप्लेमा हिजो आगलागी हुँदा ४ वर्षीय बालक प्रनिष कार्की, ७ वर्षीया बालिका दीपशिखा कार्की र ३ वर्षीय बालक दियुनिष कार्कीको मृत्यु भएको हो । मृत्तक बालबालिका केदार र उनका भाई रमेशको भएको प्रहरीले जनाएको छ । उनीहरु खेलिरहेको स्थानमा अचानक आगलागी हुँदा मृत्यु भएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विभिन्न क्षेत्रमा आगलागी हुँदा धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत सचेतना अपनाउन आम नागरिकमा अनुरोध गर्नुभयो । भोजपुर लगायत पूर्वी नेपालका पहाडी जिल्लाहरुमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।