images
images

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरिने

  • २६ चैत्र २०८०, सोमबार १५:०२

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

नयाँ समीकरणमा आबद्ध दलहरुमा सहमति भएपछि पार्टीले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रदेशसभा संसद सचिवालयमा आज बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आज गर्ने र विशेष अधिवेसन आवहानका लागि निवेदन दिने निर्णय भएको जानकारी दिनुभयो । एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको हो ।