images
images

सुनसरीमा मुस्लिम र हिन्दु समुदायबीच तनाव उत्पन्न भएपछि निषेधाज्ञा जारी

  • २३ चैत्र २०८०, शुक्रबार १३:३१

सुनसरी । सुनसरीमा धार्मिक तनाव बढेपछि दुई वटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था सिर्जना भएपछि सुनसरीको हरिनगर गाउँपालिकाका सबै वडा, देवानगञ्ज गाउँपालिका–१ र ७ मा अनिश्चितकालीनका लागि निषेधाज्ञा जारी गरिएको हो । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले आज दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधाज्ञा जारी गर्नुभएको हो ।