images
images

उदयपुरमा भिरवाट जिप खस्दा चालकसहित ६ जनाको मृत्यु

  • १ चैत्र २०८०, बिहीबार १२:५४

उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

को. १ ज २५९३ नम्बरको  जीप दुर्घटनामा चालक र ५ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भएको छैन । भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । करिब ११ बजे उदयपुरको बेलका नगरपालिका- ७ मैनामैनीमा दुर्घटना भएको जिप सडकबाट ५०० मिटर तल खसेको बताइएको छ ।