images
images

सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीद्धारा ६ राउण्ड हवाइ फायर

  • २३ चैत्र २०८०, शुक्रबार १३:३६

सुनसरी । सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

हरिनगर गाउँपालिका–१ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्र रुप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ भने ११ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको छ । दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीनका लागि निषेधाज्ञा जारी गरेको छ । दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाई फायर गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार दुई पक्षबीचको झडपमा परी ४ जना सामान्य घाईते समते भएका छन् । झडपमा परी घाईते भएकाहरुको विराटनगरमा उपचार भइरहेको छ ।