images
images

कोशी सरकारमा माओवादी केन्द्रका मन्त्रीद्धारा राजीनामा

  • २६ चैत्र २०८०, सोमबार १६:०८

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीहरुले आज मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् । माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रीहरुले राजीनामा दिएका हुन् । कोशी सरकारमा माओावादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की समाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री रहेका थिए । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई  मुख्यमन्त्री नियुक्तिका लागि अब दाबीयुक्त निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी गरीएको छ ।