
जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकास्थित सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ११ बजेर २७ मिनेट जाँदा सुरी केन्द्र विन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पको धक्का दोलखासहित रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्प मापन केन्द्रका अनुसार भुकम्पबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।