images
images

दोलखाका १० मतदान केन्द्रमा ४१ प्रतिशत मत खस्यो

  • १५ मंसिर २०७९, बिहीबार १३:२१

दोलखा । दोलखामा ४१ प्रतिशत मतदान सम्पन्न भएको छ ।

दिउँसो १ बजेसम्मको तथ्याकं अनुसार जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ को दुई स्थानिय तहका १० वटा मतदान केन्द्रमा ४१ प्रतिशत मत खसेको हो । निर्वाचन जारी रहेको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग मा पुरुष ४ सय ६२ र महिला ४ सय २१ गरी ८ सय ८३, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख मा पुरुष ३ सय ४५ र महिला ४ सय ५८ गरी ८ सय ३ तथा वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्रमा ५ सय ४४ पुरुष र ४ सय ८८ महिला गरी १ हजार ३२ मत खसेको छ । यस्तै, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख मा ४ सय ८ जना पुरुष र ३ सय ६४ महिला गरी ७ सय ७२ मत खसेको मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

दोलखाका १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान जारी छ । यसअघि ति मतदान केन्द्रमा दिनभर झडपका कारण अशान्त हुने गरेपनि अहिले शान्तिपुर्वक निर्वाचन जारी रहेको हो । पुन निर्वाचन हुन लागेका मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् । जसअनुसार बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माविका तीन मतदान केन्द्रमा २ हजार ४ सय ७२ मतदाता छन् भने वडा नम्बर २ को जनज्योति मावि पुतलीकाठका दुई मतदान केन्द्रमा १ हजार ९ सय ३४ र वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६ सय ६५ मतदाता रहेका छन् । यस्तै, तामाकोशी ३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा १ हजार ४ सय ६ मतदाता छन् । सो स्थानमा यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन रद्ध गरेर निर्वाचन आयोगले पुन गर्न निर्देशन दिएको थियो ।