images
images

नेपालमा पश्चिमी वायु सक्रिय बन्दै, आज वर्षा र हिमपातको सम्भावना

  • १९ फाल्गुन २०८०, शनिबार ०७:४९

काठमाडौं । नेपालमा पश्चिमी वायु सक्रिय बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आज बिहानदेखि धेरैजसो स्थानहरुमा हुस्सु लागिरहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ । यस्तै भोली भने देशभर साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोली देशका धेरै स्थानमा पानी पर्नेछ ।

सोमबारदेखि भने क्रमिक रुपमा मौसममा सुधार हुने भएको छ । यसैबीच, यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशत मात्रै वर्षा भएको छ । हिउँदयाममा औसतमा ६० दशमलव १ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।