images
images

यो वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सिमित रहने

  • १९ बैशाख २०८०, मंगलवार १४:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, २ दशमलव १६ प्रतिशतमा मात्रै सीमित हुने देखिएको छ । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।

यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।