images
images

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज पारित हुने

  • १९ जेष्ठ २०८०, शुक्रबार ०८:०३

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

विहान साँढे १० बजेपछि बस्ने बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ । जेठ १७ गतेबाट सञ्चालन भएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो । सत्तापक्ष र प्रतिपक्षका गरी ५५ जना प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नबारे सरकारको तर्फबाट मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिनेछन् ।

त्यस लगत्तै सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेश गर्नुहुनेछ । प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ १४ गते संसदबाट नीतिा तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।