images
images

७८ एसपीको सरुवा, सिन्धुली र काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख परिवर्तन (सूची सहित)

  • २ फाल्गुन २०८०, बुधबार ०७:४६

काठमाण्डौँ । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हिजो बेलुका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्नुभएको हो । जसअनुसार एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक कुँवरका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान बनेपा, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ ।

यस्तै, सिन्धुलीमा विनोद शर्मा, तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ । कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल र गोरखामा वासुदेव पाठक, सरुवा भएका छन् ।

यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा सरुवा हुँदा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ । यस्तै बाँकेमा सुवास चन्द्र बोहराको सरुवा हुँदा स्याङ्जामा शालिग्राम शर्मालाई र महोत्तरीमा श्यामकुमार राईलाई जिम्मेवारी तोकिएको छ ।

जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसअघि जिल्ला इन्चार्ज रहेकाहरूलाई अन्य कार्यालयमा खटाइएको हो ।