images
images

यसरी पक्राउ परे भारतीय सुटर सुजित सिंह, दुवै खुट्टामा नेपाल प्रहरीको गोली

  • ११ पुष २०८०, बुधबार १०:२३

काठमाडौं । भारतीय सुटर सुजित सिंहलाई नेपाल प्रहरीले गोली प्रहार गरी पक्राउ गरेकोे छ ।

उनलाई पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित उनलाई पक्राउ गरेको जनाएको छ । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ का सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए । गत असोजको दोस्रो साता बाराको सदरमुकाम कलैया–६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए ।

सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खुट्टामा गोली लागेका सिहको कलैया अस्पतालमा उपचार भइरहेकोे छ ।