images
images

चीन नेपालको शान्ति प्रक्रिया टुंग्याउन जस्तोसुकै सहयोग गर्न तयार छः अग्नि सापकोटा

  • १९ जेष्ठ २०८०, शुक्रबार १६:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीन नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

चीन भ्रमणबाट स्वदेश फर्किएपछि आज पत्रकार सम्मेलन गर्दै सापकोटाले एउटा असल छिमेकीको रुपमा चीन सहयोग गर्न तयार रहेको बताउनुभयो । मित्रको हैसियतमा शान्ति प्रक्रियाका सबै कुराहरु खुलस्त राख्न चीनले आग्रह गरेको उहाँले बताउनुभयो । विश्व शान्तिका लागि चीनले जुन पहल गरेको छ त्यसमा आफुहरुको पहलकदमी आवश्यक रहेको उपाध्यक्ष सापकोटाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सापकोटाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको चीन भ्रमणको सन्देश पु¥याएको बताउनुभएको छ । प्रधानमन्त्रीको तर्फबाट जुलाई अन्तिम वा अगष्टको सुरुमा भ्रमण हुनसक्ने सन्देश पु¥याएको उहाँले बताउनुभयो । यस्तै चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष सापकोटाको भनाई छ । चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा उपाध्यक्ष सापकोटाको नेतृत्वमा चीन गएको २० सदस्यीय प्रतिनिधिमण्डल विहिवार साँझ स्वदेश फर्किएको हो ।