images
images

पहिरो पन्छाउँदै सडक मर्मत, बृक्षारोपणदेखि घरदैलो (हेर्नुहोस् तस्वीर)

  • १६ भाद्र २०८०, शनिबार १६:०६

दोलखा । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ दोलखाका ९ वटै स्थानीय तहका विभिन्न वडावाट सुरु भएको छ ।

अभियानको पहिलो दिन पार्टीको केन्द्रीय समिति र प्रदेश समितिवाट जिम्मेवारी तोकिएका नेताहरु दोलखाका बिभिन्न वडामा पुगेका छन् भने जिल्लाका नेताहरु पनि फिल्डमा खटिएका छन् । घर–घरमा माओवादी, जन–जनमा माओवादी भन्ने मुल नाराका साथ सुरु भएको अभियान अन्तर्गत शैलुङ गाउँपालिकाको वडा नम्बर ८ मा माओवादी नेता तथा कार्यकर्ताहरुले सडकमा खसेको पहिरो पन्छाएर अभियानको सुरुवात गरेका छन् भने वडा नम्बर ६ फस्कुको गोठपानी स्थित कालिञ्चोक मन्दिर परिसर र पँधेरो सरसफाई गरिएको वडा कमिटी अध्यक्ष सुव्वा तामाङले जानकारी दिनुभयो ।

मेलुङ गाउँपालिकाको अभियान वडा नम्बर ५ डाँडाखर्कवाट सुरु भएको छ । जिल्ला पार्टी सचिव कमल श्रेष्ठ, प्रदेश समिति सदस्यहरु बिस्वास कार्की र तेजवहादुर गोलेले वडा पार्टी कार्यालय उद्घाटन गरेर अभियान सुरु गरेका छन् । वैतेश्वर गाउँपालिकाको वडा नम्बर ६ नाम्दुमा पालिका समितिका अध्यक्ष मिनकुमार शिवाकोटी, रविचन्द्र आचार्य लगायतका नेताहरुको उपस्थितीमा वैतेश्वर माविमा बृक्षारोपण गरिएको छ । यस्तै, वैतेश्वर–८ क्षेत्रपामा पनि भरत श्रेष्ठ लगायतका नेताहरु सहभागी भएर अभियान सुरु गरेका छन् ।

तामाकोशी गाउँपालिकामा माओवादी केन्द्रीय नेता झम्कप्रसाद पराजुली ‘हिमाल’, को नेतृत्वमा अभियानको सुरुवा गरिएको छ । सहरेको जनजागृती माविमा बृक्षारोपण गरेर सुरु भएको अभियान अन्तर्गत सहरे र मालुका अगुवा कार्यकर्ताको वैठक र प्रशिक्षण भेला भएको छ । अभियानमा प्रदेश समिति सदस्य हिमाली गोले र पालिकास्तरका नेताहरु सहभागी छन् । जिरी नगरपालिकामा वडा नम्बर ४ वाट घरदैलोसहित अभियान सुरु गरिएको छ भने माओवादी नेता, कार्यकर्ताहरुले जिरी–माली–स्यामा सडकको हिलो सडकमा ढुंगा भरेर यातायातका साधन संचालनलाई सहज बनाएका छन् । बिगु गाउँपालिकाको लादुकमा पनि वैठक र प्रशिक्षण सहित अभियान सुरु भएको छ ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नेतृत्वकालागि माओवादी केन्द्रले केन्द्रीय सदस्य तथा बिभिन्न आयोगमा सदस्य रहेका नेताहरु अमरध्वज लामा, लालकान्छा तामाङ, सुरेन्द्र बस्नेत, झम्कप्रसाद पराजुली ‘हिमाल’ र प्रेम सापकोटा ‘राजेन्द्र’ लाई दोलखा खटाएको छ । नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलवहादुर बुढाथोकी सहित प्रदेश समितिमा रहेका सवै सदस्यहरु पालिकास्तरमा अभियान संचालन गर्ने जिम्मेवारी दिईएको छ । गत साउन २१ गते सम्पन्न माओवादी केन्द्रको केन्द्रिय समिति बैठकले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको घोषणा गरेको थियो ।

शैलुङः

वैतेश्वरः

मेलुङः

बिगुः

गौरीशंकरः खारे