images
images

नेपाल प्रहरीले यसरी गर्याे ८,८९६ थान हातहतियार नष्ट (तस्विर सहित)

  • ११ श्रावण २०८०, बिहीबार १७:०१

काठमाडौं । नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ ।

विभिन्न मिति र स्थानबाट जफत भएका हातहतियार बुधबार कानून बमोजिम नष्ट गरिएको हो । कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार कानून बमोजिम नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।