images
images

तस्विरमा ६८ औं प्रहरी दिवस (फोटो फिचर)

  • ३० आश्विन २०८०, मंगलवार १७:५२

काठमाडौं । नेपाल प्रहरीले आज ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको हो । दिवसलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले सीमित स्रोतसाधन, कम जनशक्ति र विभिन्न चुनौतिका बीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा प्रहरीले महत्वपूर्ण काम गरेको बताउनुभयो । आम नागरिकको समस्यामा प्रहरीले अग्र पंक्तिमा रहेर समस्याको सम्बोधन गर्ने गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।