images
images

उच्च रक्तस्रावका कारण सोलुखुम्बुकी एक सुत्केरी महिलाको मृत्यु

  • २० माघ २०७९, शुक्रबार १८:३१

सोलुखुम्बु ।सोलुखुम्बुकी एक सुत्केरी महिलाको उच्च रक्तस्रावका कारण मृत्यु भएको छ ।

जिल्लाको सोताङ गाउँपालिका वडा नमबर ५ की ३० वर्षिया गंगा बस्नेतको मृत्यु भएको छ । बिहिबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत बच्चा जन्माएकी बस्नेतको रक्तस्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको फाप्लु अस्पतालका डाक्टर अजय चौधरीले जानकारी दिनुभयो । अप्रेशनपछि तत्काल नै रगत चाँहिदा रगत अभाव पछि सोताङ प्राथमिक अस्पतालले जिल्ला अस्पताल रिफर गरेको थियो । जिल्लाको कुनै पनि अस्पतालमा ब्लड बैंक नभएका कारण सुत्केरीलाई तत्काल रगत चाहिए उपलब्ध गराउन नसकिने डाक्टर चौधरीले बताउनुभयो ।