images
images

आजबाट नेपाली नयाँ वर्ष सुरु

  • १ बैशाख २०८१, शनिबार ०६:११

काठमाडौँ । आजबाट नेपाली नयाँ वर्ष सुरु भएको छ ।

विक्रम संवत अनुसार आज नयाँ वर्षको पहिलो दिन । २०८० सालको बिदाई गरी ८१ साललाई देशभर हर्षोउल्लासका साथ स्वागत गरिँदैछ । विक्रम संवतलाई आधार मानेर हरेक वर्षको बैशाख १ गतेलाई नेपालमा नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहेको छ । आपसमा शुभकामना आदनप्रदान, भेटघाट, खानपिन र रमाईलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एक आपसमा शुभकामना आदन प्रदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्ति पिठमा दर्शन गर्ने चलन पनि छ । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति प्रगतिको कामना गरेका छन् । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मिठोमिठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्ति गर्ने गरिएको छ । नयाँ वर्षको पहिलो राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहिआएको छ ।