images
images

अध्ययन भन्छ, ‘मिनिरल वाटर शुद्ध छ भन्नु भ्रमपूर्ण, बढी प्रयोग खतरनाक’

  • २७ पुष २०८०, शुक्रबार १४:०७

मिनिरल वाटर भनिने बोतलबन्द पानीले स्वास्थ्यलाई गम्भीर हानि पु¥याउने तथ्य सार्वजनिक भएको छ ।

एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख बढी प्लास्टिकका सुक्ष्म कणहरु हुने गरेको पाईएको छ । अमेरिकाको कोलम्बिया विश्वबिद्यालयका सोधकर्ताहरुले अमेरिकामा बिक्री हुने सर्वाधिक लोकप्रिय ब्राण्डका बोतलबन्द पानीहरुको परीक्षण गर्दा सो पानी निकै खतरनाक हुने गरेको तथ्य खुलेको छ । बोतलमा भरिएको पानीमा पोलिएमाईड भनिने खास प्रकारको नाईलन प्लास्टिक पनि भेटिएको छ । पिईटीपछि सबैभन्दा धेरै यही प्लास्टिक पाईएको छ । यो प्लास्टिक फाईबरबाट निस्किन्छ । यसको प्रयोग बोतलबन्द पानी बनाउने कारखानामा पानीलाई सफा गर्नका लागि प्रयोग गरिन्छ ।

यसका अलावा पोलिस्टिरिन, पोलिभिनाईल क्लोराईड जस्ता औद्योगिक प्लास्टिक कणहरु पनि बोतलको पानीमा फेला परेका छन् । त्यसबाट मानव स्वास्थ्यलाई पर्ने प्रतिकूल असरको बारेमा आँकलन नै गर्न नसकिने अवस्था रहेको सोधकर्ताहरुको भनाई छ । नानोप्लास्टिकको वजन माईक्रोप्लास्टिकको भन्दा कम हुन्छ भने आकार निश्चित हुँदैन । तर सानो आकारका यी बिषाक्त पदार्थको ठूलो संख्या स्वास्थ्य तथा पर्यावरणका लागि हानिकारक हुन्छ । प्लास्टिक शरीरमा पुगेमा स्वास्थ्यमा समस्या आउँछ भने खुल्ला वातावरणमा रहँदा यसले पर्यावरणमा क्षति पु¥याउने गर्दछ ।

यसअघि स्टेट युनिभर्सिटी अफ न्यूर्योकका वैज्ञानिकहरुले विश्वभरको बोत्तलबन्द पानीमा  गरेको अध्ययनले निरासलाग्दो तथ्य सार्वजनिक गरेको थियो । सो समयमा बोत्तलमा भरिएको पानी मिनरलयुक्त वा शुद्ध छ भनेर सोच्नु नै भ्रमपूर्ण रहेको अध्ययनले बताएको थियो । शोधकर्ताले चीन, ब्राजिल, इन्डोनेसिया, अमेरिका लगायत ९ देशमा बिक्री गरिने ११ अलग(अलग ब्रान्डको करिब २ सय ५९ प्याकेट बोत्तल जाँच गरेको थियो ।

प्लाष्टिकको बोत्तल जब घाम वा तापमानको कारण तातो हुन्छ, प्लाष्टिकमा रहेको हानिकारक केमिकल डाइअक्सिनको पानीमा घुल्छ । यो पानीको माध्यामबाट हाम्रो शरीरमा पुग्छ । डाइअक्सिनले हाम्रो शरीरको कोसिकालाई पुरा नष्ट गर्ने अध्ययनले देखाएको हो ।