images
images

कतै हामीले हाम्रा बालवालिकालाई विष त खुवाईरहेका छैनौँ ?

  • ९ माघ २०८०, मंगलवार १२:३८

कपास जस्तो देखिने गुलावी रंगको एक प्रकारको खाद्यपदार्थलाई कटन क्याण्डी भन्ने गरिन्छ ।

मेला महोत्सव वा बजारमा घुम्न गएको बेला बच्चाले खान निकै जिद्धि गर्ने यस्तो खाद्यपदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अध्ययन नमुना परीक्षणले देखाएको छ । कटन क्यान्डीमा अखाद्य रंग प्रयोग हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका अनुसार खुल्ला रुपमा बिक्री वितरण भैरहेको रंगिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने अखाद्य रंग रोडामाईन बी प्रयोग भएको पाईएको छ । रोडामाईन बी एक केमिकल हो । खाद्य पदार्थको रंग परिवर्तन गर्न, सौन्दर्यका प्रशाधन, आतसबाजी, कालो मरिच लगायतका मसला लगायतका मसलामा पनि उपयोग हुने गरेको छ ।

डक्टरहरुका अनुसार यसको सेवनले कलेजो र मिर्गौलाको क्यान्सरको जोखिम हुने गर्दछ । बिभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाईन बी प्रयोग भएको पाईएको हो । विभागले सूचना जारी गरी खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्ना बालवालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ । अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन भनेको छ । बिभागले यदी निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।