images
images

जर्मनीवाट ६ लाख ‘स्मार्ट लाइसेन्स’ नेपाल आइपुग्यो, ल्याव टेष्टपछि बितरण गरिने

  • ५ माघ २०८०, शुक्रबार १५:२४

काठमाडौं । यातायात व्यवस्था विभागले सम्झौता गरेको मध्ये ६ लाख सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) नेपाल आइपुगेको छ ।

विभागका अनुसार जर्मनीको मुल वर्ग कम्पनीसँग सम्झौता भएको १२ लाख प्रति स्मार्ट लाइसेन्स मध्ये ६ लाख प्रति छपाई भएर नेपाल आइपुगेको हो । पहिलो चरणमा सन. २०२४ को जनवरी ६ तारेखमा ६ लाख कार्ड नेपाल आएको यातायात व्यवस्था विभागका निर्देशक एवँ प्रवक्ता इस्वरदत्त पनेरुले जानकारी दिनुभयो । छपाई भएर आएको ६ लाख प्रति स्मार्ट लाइसेन्स हाल त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको छ ।

प्रवक्ता पनेरुका अनुसार नेपाल आएको स्मार्ट लाइसेन्स कार्डलाई नेपाल राष्ट्र वैंकले डेलिभरी अर्डर दिएपछि मात्रै क्लियर गरी ल्याव टेस्ट गर्ने काम हुनेछ । उहाँले छपाई भएर आएको कार्डको ल्याव टेष्टपछि गुणस्तर कायम भए मात्र बितरणको प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो ।

सम्झौता अनुसारको ६ लाखप्रति कार्ड नेपाल आइपुगे पनि बाँकी ६ लाख प्रति स्मार्ट लाइसेन्स आउन अझै ४५ दिने लाग्ने विभागले जनाएको छ । अहिले आएको कार्डको ल्याव टेस्ट भएपछि नियमित छपाईको काम सुरु हुने प्रवक्ता पनेरुले जानकारी दिनुभयो । स्मार्ट कार्डको अभावमा सन् २०२२ को जुलाईदेखि कार्ड वितरण कार्य रोकिएको छ । जसका कारण लाइसेन्स परिक्षा उर्तिण भएका लाखौं नेपालीहरुले अझै स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् ।

यसैवीच, यातायात वैदेशिक रोजगारीमा जानेहरुका लागि स्मार्ट लाइसेन्सको फास्ट प्रिन्टिङको व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले जारी गरेको इमेलमा जानकारी आएपछि वैदेशिक रोजगारीमा जानेलाई तीन दिनभि लाइसेन्स वितरण गरिरहेको प्रवक्ता पनेरुले बताउनुभयो ।